नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान पुन: नियुक्त !

काठमाडौं, कुलमान घिसिङको ४ वर्षे कार्यकाल भदौ २९ मा सकिएपछि पुन ४ बर्षको लागि नियुक्ति बिषयमा सामाजिक सञ्जालमा बधाइकाे ओइरो लागेको छ । । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएपछि मन्त्रीपरिषद बैठकले पुन नियुक्ति गर्नुपर्छ भन्दै समाजिक सञ्जालमा दबाबमुलक ढंगले बधाइकाे ओइरो लागेको हाे ।  २०७३ सालमा तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरको प्रस्तावमा मन्त्रिपरिषद्ले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । भदौ २९ गते घिसिङको कार्यकाल समाप्त हुन लागेकाे छ ।

आफ्नो चारवर्षे कार्यकालमा प्राधिकरणभित्रका धेरै समस्या समाधान गर्न सफल बनेका घिसिङलाई लोडसेडिङ हटाएको, विद्युत चुहावट न्यूनीकरण गरेको, चरम घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेको जस्ता कारणबाट जनताको नजरमा नायकको छवि बनाएका घिसिङलाई पुनः चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुपर्छ भन्ने दबाब सिर्जना भएकाे हाे  ।

दैनिक १८ घण्टासम्म लोडसेडिङ भोग्न बाध्य नेपालीलाई लोडसेडिङमुक्त बनाउन नेतृत्वदायी भूमिका खेलेका उनै घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति हुनुपर्छ भन्दै चाैतर्फी बधाइ दिइएकाे छ  ।

उर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री रहेका वर्षमान पुन घिसिङको निरन्तरताको पक्षमा रहेका भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भने घिसिङको निरन्तरताको विपक्षमा रहेकोे बुझिएको थियो । तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारले हटाए पनि घिसिङलाई तत्कालीन माओवादी केन्द्र नेतृत्वको सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएकोले पनि उर्जामन्त्री पुन घिसिङको निरन्तरको पक्षमा देखिएका छन् ।

हिउँदमा १८ घण्टा र बर्खायाममा समेत दैनिक ८ घण्टा लोडसेडिङ रहेको अवस्थामा उनै घिसिङको पहलमा प्राधिकरण बर्खायाममा विद्युत बेच्ने अवस्थामा पुगेको छ । चमेलिया, कुलेखानी तेस्रोसहित झण्डै आधा दर्जन ठूला आयोजना सम्पन्न गर्नुका साथै रुग्ण बनेका विद्युत आयोजना मर्मत सम्भार, प्रशारणलाइनको निर्माण र सबस्टेसनको निर्माण र मर्मतलाई पनि आफ्नो कार्यकालमा निकै प्राथमिकता दिएका थिए ।

कार्यकाल सम्हाल्दा ९ अर्ब रुपैयाँ घाटामा रहेका प्राधिकरणलाई घिसिङले आर्थिक वर्ष २०७५र७६ सम्म ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफामा नाफामा पुर्याएका छन् । आर्थिक वर्ष २०७२/७३ मा ३४ अर्ब ६१ करोड सञ्चित नोक्सानी रहेको प्राधिकरण आर्थिक वर्ष ०७५रर७६ मा १५ अर्ब २२ करोडमा झार्न सफल भएको छ । आर्थिक वर्ष २०७२र७३ मा ३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिकरणले आर्थिक वर्ष ०७५/७६मा ७३ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

प्राधिकरणको सहायक कम्पनीहरुमार्फत निर्माण हुन लागेका १४० मेगावाटको तनहुँ, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्रि ‘बी’ जलविद्युत आयोजनाको काम द्रुत गतिमा अघि बढेको छ । प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीअन्तर्गतका १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी, ४२ दशमलव ५ मेगावाटको सान्जेन र १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन आयोजना छिट्टै निर्माण सम्पन्न हुने अवस्थामा छन् ।

कुलमानकै कार्यकालमा ढल्केबर २२० केभी सबस्टेसन निर्माण सम्पन्न गरी नेपाल भारतबीचको अन्तरदेशीय प्रसारण लाइन मुजफरपुर ढल्केबरलाई २२० केभी मा चालु गरिएको छ । कटैया कुशाहा १३२ केभी दोश्रो सर्किट र रक्सौल परवानिपुर १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी नेपाल र बिहारबीच विद्युत आदानप्रदानको क्षमता विस्तार भएको छ । काठमाडौं उपत्यकमा जथाभावी रुपमा राखिएको तारलाई अन्डरग्राउन्ड गर्ने कामलाई जारी राखिएको छ ।

स्मार्ट मिटरको काम अघि बढेको छ । यस्ता कयौं काम भइरहेका छन् ।देशमा लोडसेडिङ अन्त्यको लागि निकै ठूलो भूमिका निर्वाह गरेका घिसिङलाई आफ्नो आगामी कार्ययोजना पूरा गर्न र विद्युत निर्यातको काम अगाडि बढाउन समेत घिसिङको नेतृत्वको विकल्प नभएको जानकारहरु बताउँछन् । उपभोक्ताले उनलाई निर्विकल्प पात्र भएको बताइरहेका थिए।