कर्णालीमा थपिए १८ जना कोरोना सक्रमित, १५ जना निको भएर घर फर्किए
सुर्खेत, कर्णाली प्रदेशमा आज थप १८ जना कोरोना सक्रमित थपिएका छन ।प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्ला र दैलेख अस्पतालमा गरियको ७०० जनाको स्वाब परिक्षणमा १८जनामा कोरोना सक्रमन पुष्टि भयको हो ।
कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तर्गतको स्वास्थ सेवा महाशाखाका अनुसार सुर्खेतका ४ जना , दैलेखका २ जना , सल्यानका २ जना , धनुषाका १ जना , कंचनपुरका १ जना तेस्तै कालिकोटका ४ जना दैलेखका १ जना, जुम्लाका १ जना , दैलेखका १ जनामा कोरोना सक्रमन पुष्टि भएको हो । ।यो संगै कर्णालीमा संक्रमित हुनेको संख्या २३१३ पुगेको छ ।
मंगलबार कर्णालीका बिभिन्न आइसोलेशन तथा अस्पताल बाट १५ जनाले कोरोना जितेर घर फर्किएका कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तर्गतको स्वास्थ सेवा महाशाखाका प्रमुख बृष बहादुर शाहीले बताए । यो सैगै निको हुनेको संख्या २००७ पुगेको छ ।