उपत्यकामा थप २ सय ३२ जना कोरोना संक्रमित थपिए
प्रकासित मिति : २०७७ भाद्र ९, मंगलवार १६:५१
प्रकासित समय : १६:५१
काठमाडौं, काठमाडौं उपत्यकामा थप २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार मंगलबार काठमाडौं उपत्यकामा थप २ सय ३२ जना कोरोना संक्रमित थपिएका हुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज नियमित मिडिया ब्रिफिङमा बताएअनुसार आज काठमाडौंमा १ सय ९९ भक्तपुरमा १४ र ललितपुरमा १९ गरी उपत्यकामा संक्रमित थपिएका छन्। हाल देशभर १० हजार ४ सय ५३ क्वारेन्टाइनमा रहेका छन्।