नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ ।

मंगलबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।