नेपालमा थप ८५५ जना कोरोना सक्रमित , ३१३ जना कोरोना संक्रमणमुक्त

काठमाडौं, नेपालमा थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८५५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १९ हजार ११९ उपचारपछि निको भएका छन् ।