मृत्यु भएका आफन्तलाई दाहसंस्कारमा भाग लिनदिने उच्च अदालत विराटनगरको आदेश

काठमाडौं, कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका परिवार तथा आफन्तलाई दाहसंस्कारमा भाग लिन चाहेमा भाग लिन दिन उच्च अदालत विराटनगरले आदेश दिएको छ।दाहसंस्कारमा भाग लिन पाउने परिवार र आफन्तको अधिकार भएकोले भाग लिन चाहनेलाई आवश्यक सुरक्षा व्यवस्था मिलाएर भाग लिन दिन अदालतले आदेश दिएको हो।

स्थानीय निलिमा दाहालले दिएको रिटमाथि सुनुवाई गर्दै अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले यस्तो आदेश दिएको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए।

निलिमाले आफ्नो बाबु सिताराम दाहालको मृत्यु अस्पतालको लापरबाहीबाट भएको र आफूहरूलाई मृत्यु संस्कारमा भाग लिन पनि नदिएको भन्दै रिट दिएकी थिइन्।