फुलमाया : जिन्दगी सोचेजस्तो हुँदैन तर जस्तो हुन्छ त्यसैलाई सहर्ष स्वीकार गर्नुपर्छ

प्रेरणाको त्यो कथा

खुशी कुनै परिस्थितिले दिदैन यो त आफैबाट बन्नुपर्छ। कमजोरी त चन्द्रमामा पनि छ तर उ निराश कहिल्यै हुँदैन। अरे यहाँ दुखी भएर बस्ने हो भने कस्लाई छैन दुःख हरेक मान्छेमा छ दुःख। कसैले देखाउछन त कसैले लुकिलुकि आँसु पुछेर लुकाउँछन तर म खुशी भएर हाँसेर ती दुख पिडालाई भुलाउने गर्छु ।

विसं २०५७ साउनमा नुवाकोटमा जन्मिएकी फुलमाया तामाङ हरेकको लागि जिन्दगीको एउटा अपुर्व प्रेरणाको स्रोत हुन। जसले उनलाई पढ्न सक्छ, जसले उनलाई बुझ्न सक्छ र बुझ्न चाहान्छ ती सबैको लागि मुस्कानको रहस्य बन्न सक्छिन उनी। जिन्दगी सङ्ग हार मान्नेहरुको लागि जितको प्रेरणा हुन, दुखी बन्नेहरुको लागि खुशिको मौसम हुन अनि जिन्दगीलाई रोएर निर्वाह गरिरहेकाहरुको लागि मार्गदर्शक हुन जसले खुशी तर्फ डोर्‍याउन सक्छ । त्यतिमात्र होइन जिन्दगी नबुझ्ने हरुको लागि स्पष्ट प्रेरक विश्लेषक पनि हुन।

मानिसले जिन्दगी जब भोग्छ तब बुझ्छ र जब बुझ्छ तब बाँच्छ। उनले कलिलैमा एक अनपेक्षित जिन्दगी भोगिन। जब त्यो कठिन परिस्थितिलाई जितिन अनि जिन्दगीको रहस्य बुझेर बाँच्न जानिन। एक आदर्श बनेर। जिन्दगी यसरी बाचेकी छिन मानौँ उनले जिन्दगीमा कहिल्यै दुखनै भोगिनन र कहिल्यै दुख र कठिनाई भोग्ने पनि छैनन। यो सबै उनको बहादुरी हो अनि जिन्दगी प्रतिको सकारात्मक दृष्टिकोण हो।

हुनत उनी सबै जस्तै साधारण व्यक्तीनै हुन। तर उनको जिन्दगीमा जब एक असाधारण समय गुज्रिएको थियो तब उनको जिन्दगीले पनि अर्कै मोड लियो। २०७५/०६/२६ गते उनी बस दुर्घटनामा परेकी थिइन् । जहाँबाट उनी बाँच्न त बाचिन तर जिन्दगीले बिकराल कठिनाइको अर्को स्वरुप धारण गरिसकेको थियो। एक साधारण मानिसबाट असाधारण बनाएको थियो । तब उनलाई पनि लागेको थियो मर्नु भन्दा अब बाँच्न कठिन छ।

किनकी जब उनले जिन्दगीका सुन्दर भन्दा सुन्दर सपनाहरु पूरा गर्ने महत्वाकांक्षा राखेकी थिइन ।  सबै मानिस जस्तै सफल र सुन्दर सुनौला सपनाहरु र उपलब्धिहरुको संसारमा रमाउन थालेकी थिइन। व्यक्तिगत जिन्दगीको मात्रै होइन पारिवारिक जिम्मेवारी पनि पूरा गर्दै एक जिम्मेवार व्यक्तित्वको रुपमा आफुलाई हेर्न चाहेकै स्थितिमा दुर्भाग्य नै भन्नुपर्छ दुर्घटना बाट बाँच्दा उनी एउटा खुट्टा गुमाएर बाँचिन। शशक्त मानिसबाट अशक्तको रुपमा आएर बाँचिन । साच्चिकै जिन्दगीले दिएको त्यो एक कुटिल सत्य थियो । पिडाको उपहार थियो, बैतरणिको छाल थियो।

उनले भनिन जब म ICU मा थिएँ त्यतिबेला नर्सलाई भनेको थिएँ मलाई मारिदिनु भनेर तर म गलत थिएँ ।   उनले फेरि भनिन सबैभन्दा ठूलो कुरा हिम्मत रहेछ जसले हामिमा जिउँन सक्ने क्षमता र आत्मविश्वास बढाइदिदो रहेछ। तर उनमा यो हिम्मत कसरी आयो त ?  एउटा होनहार र सक्षम मानिसबाट विकलांग बन्दा पनि जिन्दगीको यात्रालाई खुशिसाथ पार गर्नसक्छु भन्ने आत्मविश्वास कहाँबाट आयो ?  यो सबै उनको परिवार, आफन्त, साथिसङ्गी र शुभचिन्तक हरुको प्रगाढ प्रेम र सामिप्यता थियो जसले उनलाई परिस्थिति आफू अनुकुल छैन भने आफै परिस्थिति अनुकुल बन्नुपर्छ भन्ने सिकायो। उनले भनिन कि मलाई जिन्दगी सङ्ग विरक्त नलगेको होइन तर बाँच्ने प्रेरणा स्वयंको आत्मबल र पारिवारिक प्रेमले दियो। साथी सङ्गिको सामिप्यता अनि सद्भाव र पारिवारिक आस्था र प्रेमले दियो।

उनको दुर्घटनाको करिब २ बर्ष पुग्न लागिसकुन्जेल उनले धेरै संघर्ष गर्नुपर्‍यो। प्राकृतिक खुट्टाको ठाउँमा कृतिम खुट्टा द्वारा अभ्यास गर्नुपर्‍यो तर आज उनी एउटै खुट्टाको भरमा पनि राम्रो नाच्न सक्छिन। आफ्नो काम आफै गर्न सक्छिन। आत्मविश्वास र स्वाभिमानको साथ मुस्कुराएकी छिन। उनले भनेकी थिइन मलाई लाग्दैन कि म कोहि भन्दा कम छु, त्यसैले मलाई दुख र असन्तुष्टिको आभास आजसम्म भएन। उनको मान्यता छ कि शुभचिन्तक हरुको सद्भाव र आत्मविश्वास भएसम्म जिन्दगी बाँच्न अरु कुनै थोकको जरुरत पर्दैन।

म आफैपनी प्रेरक वक्ता र जीवन प्रशिक्षकको रुपमा स्थापित हुन चाहाने र त्यही दिशामा अभ्यस्त मान्छे भएतापनी जिन्दगीको सन्दर्भमा उनिबाट मैले थप केही प्रेरणा पाएको छु र उनकै प्रेरणाले मैले यो लेख लेखिरहेको छु । उनी म लगाएत म जस्तै अनगिन्ती युवा वर्ग तथा सशक्त अशक्त सबै मानिसको निम्ति प्रेरणा बन्न सक्छिन। साच्चिकै भन्नुपर्दा म उनिबाट निकै प्रभावित र प्रेरित छु। जब मैले उनका नृत्य हरुको क्जयचत खष्मभय हरु हेरेको थिएँ तब ममा एक प्रकारको उर्जाको अनुभुती गरेको थिएँ।

जब मैले उनिसङ्ग कुराकानीको क्रम बढाएँ र जिन्दगी प्रतिको उनको दृष्टिकोणको बारेँ प्रश्न गरेँ तब उनले भनिन ूम पहिला शसक्त हुदा मेरो परिवारको लागि सोच्ने गर्थे तर अब म जस्तै अशक्त हरुको बारेमा सोच्छु। तब म झनै प्रभावित भएँ। किनकी उनी आज झनै सशक्त भएकी छिन, जिन्दगीले दिएको चोटले उनी झनै कडा भएकी छिन। हिजो उनी एक पोखरी थिइन तर आज सागर भएकी छिन। उनका जीवन प्रतिका परिभाषा, दृष्टिकोण र धारणा यती शक्तिशाली छन र यस्तोसम्म अनुभुती गराउँछन कि साच्चिकै उनी पेशेवर जीवन प्रशिक्षक हुन। तर यस्तो होइन। उनी एक कलिलो तर गगन चुम्बी स्वप्नदर्शी मुना हुन।

साच्चिकै म उनलाई बिजेता भन्न रुचाउँछु किनकी जिन्दगीको बाजि उनले जितेकी छिन। परिस्थितिको परिक्षामा उनी सफल भएकी छिन। जिवनले दिएको अवयब हरुलाई सहर्ष स्विकार गरेकी छिन। उनले स्विकारेकी छिनकी जिन्दगीले जे कुरा प्रदान गर्छ त्यो सबैलाई उपहार सम्झेर आत्मसात गर्नुपर्छ, परिस्थितिले हामिलाई जुन दिशामा मोड्दछ त्यतै सहर्ष मोडिनुपर्छ तब जिन्दगी आफैमा सुन्दर हुन्छ। खुशी भौतिक सम्पन्नता ले होइन सकारात्मक बिचारले आउँछ भन्ने उनी जान्दछिन।

अपांग शरिरले होइन बिचारले बनिन्छ। उनी सकारात्मक सुन्दर बिचारहरुकी गंगा हुन। जीवनरुपि खेलकी बिजेता हुन। स्वच्छ र गहन मुस्कानकी धनी हुन। प्रेम र जीवन अनि आस्था, आत्मबल र आत्मविश्वास सिकाउने गुरुमा हुन।