सुर्खेतको यरिचोक नजिक एक जनाको शव भेटियो

सुर्खेत ,जुम्ला सडक खण्डको वीरेन्द्रनगर–३ र ४ मा पर्ने यरिचोक नजिक एक जनाको शव भेटिएको छ । मंगलबार विहान ६ः०० बजे स्थानीयले उक्त शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

वीरेन्द्रनगर–४, भैरवस्थान निवासी ४५ बर्षिय तुल्सीप्रसाद शर्माको सव रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक डिएसपी रामप्रसाद घर्तीले जानकारी गराए ।

शवको प्रकृति हेर्दा बाहिरबाट क्षतविच्छेद, घाउचोट केही नदेखिएको र हत्या वा आत्महत्या अनुसन्धान भैरहेको डिएसपी घर्तीको भनाई छ । शव पोष्टमाटमका लागि कर्णाली प्रदेश अस्पताल राखिएको छ ।