नगर बिकासका कामलाई प्रभावकारी ढंगले अगाडी बढाउछौँ : मेयर बिष्ट

घोषणपत्र अनुसार नै अगाडि बढेको छु

पछिल्लो समयमा कमलबजार नगरपालिका अछामले आफ्नो बिकासका काम कारवाहि कसरी गति दिईरहेको छ । कोरोना कहरदेखि स्थानिय प्रशासनको कामलाई कुन रफतारमा अगाडि बढाइरहेको छ । अछामदेखि हाम्रा संबाददाता मोहनसिंह धामीले सोधेका ५ प्रश्न । कमलवजार नगर प्रमुख ओमप्रकाश बिष्टसँग गरिएकाे कुसे संवाद…..

 

१) काेराेना कहरलाई कसरी हल गर्नुभएकाे छ ?

 हामी दत्तचित्त भएर कोरोना संक्रमण न्युनिकरण गर्न लाग्यौँ । नगरको सिङ्गो टिम यसमा कटिबद्ध भएर लाग्यो  । हामिसँग प्रयाप्त वजेट पनि थिएन । करिव २ करोड पचास लाख वरावरको वजेट निर्माण गर्यौ । नगरभरि २२ वटा क्वारेन्टाइन वनायौ । क्वारेन्टाइनमा वस्ने सवैलाई सचेत र सजग गराउन म आफै लागि परे । यो संक्रमण न्युनिकरण गर्ने हाम्रो नगर एक हदसम्म सफल भयो ।

क्वारेन्टाइनमा वसेका नगरवासिलाई गुणस्तर खाना खुवायौ ,हप्ताको २ दिन मासु प्रत्येक दिन चिया नास्ता समेतको व्यवस्था गरिदियौँ । यसरी हिसाब गर्दा ८८ लाख ८ हजार ३९ रुपैयाँ खर्च भयो । केही क्वारेन्टाइनको भुक्तानी समेत दिन वाकि छ । ८१ लाख त हाम्रो पिसिआर मेसिन खरिद गर्न विनियोजित गरेका छौ । त्यसको केही सामान पुगिसक्यो केही वाकि छ । पुग्दैछ हामी तुरुन्तै संञ्चालनमा ल्याउछौ ।

२) विकासे याेजनाहरुमा साेचे जस्ताे विकास भएन भन्ने जनगुनासाे छ नी ?

होईन , हाम्रो नगरमा त्यस्तो केही समस्या छैन । हामिले प्रायः ठुला योजनाहरु क्रमागतमा राखेका छौ । जति काम भयो त्यति नै भुक्तानी दिन्छौ । यसो गर्दा विकास पनि हुने, वजेटको पनि सहि सदुपयोग हुने ।१०/१५ दिनमा काम सम्पन्न हुने खालका योजनाहरुको पहिले हामी चेक हातमा लिन्छौ । काम सम्पन्न भैसकेपछि मात्रै रकम भुक्तानी दिन्छौ । यसमा नगरका विभिन्न वडाअध्यक्षहरु नगरका अन्य साथिहरुले राम्रै सहयोग गर्नुभएको छ । जसले विकसको गति तिव्र वेगमा अगाडि वढिरहेको छ ।

३) तपाईले स्थानिय तहकाे निर्वाचन अगाडि जारि गर्नुभएकाे घाेषणापत्र अनुसार के कति काम गर्नुभयाे ?

सवै कामहरु सवैका अगाडि छर्लङ्ग छ । मैले प्रत्येक वडाका विजुली वत्ति पुर्याउछु भनेको थिए ,तपाईं हेर्न सक्नुहुन्छ सवै वडामा आज वत्ति पुर्याईएको छ । कमलवजारलाई केन्द्रीय लाईनको सव स्टेसन वनाउने भनेको थिए आज केन्द्रीय लाईनको सव स्टेसन कमलवजारमा छ । घरघरमा खानेपानिका साना वालमैत्रि धारा पुर्याएका छौ । एक घर एक धारो छ ।

यो समय त वाढि पहिरोको समय हो । वाढि पहिरोले अवरुद्ध वाटोहरु नगरको जेसिवि मार्फत संञ्चालन गरेर एम्वुलेन्स सेवा उपलव्ध गराएका छौ । सुत्केरी , विभिन्न रोगका विरामिहरुको उपचारमा एम्बुलेन्सले राम्रो सहयोग पुर्याएको छ । घाँसे मैदान जस्तो देखिने कमलवजार विमानस्थल अब चाडो भन्दा चाडो संञ्चालनमा ल्याउदै छौ । लगतै ढेक्का हुदैछ ।

यसमा लकडाउनले आंशिक असर पारेको छ । कमलवजारवाट वेलखेत जोड्न सडक पिच गर्ने तयारीमा छौ । हामिले किसानलाई भर्खरै ३ हजार विभिन्न फलफुलका वोटा वितरण गरेका छौ । सिचाइको क्षेत्रमा पनि पानी भएको ठाउमा कहि सिचाई कुलो ,कहि पाईप जडान गरेको कुलाहरु निर्माण गरेका छौ ।

बृहत् खानेपानि आयोजना अन्तरगत ठुलो क्षमताको खानेपानी पोखरि निर्माण गर्दै छौ । पोखरिको क्षमता ५ लाख लिटर रहने छ । चैत्र ,वैशाख , जेठ , असारमा हामी पानी खोल्छौ । वर्खाको समयमा त्यहा पानी जम्मा हुन्छ । दुईटा ठुला मुहान मार्फत स्टेप वाई स्टेप पानी कमलवजार पुर्याएर खानेपानीको आवश्यकता परिपुर्ति गर्छौ । तर कोरोना कहरले अलि प्रभाव पारेको छ ।

४) तिन तहका सरकारविच तालमेल मिलेन भन्ने छ नि, के समन्वय नपुगेकाे हाे ?

यस सन्दर्भमा केन्द्रीय सरकार ठिक छ, अलि सन्तुलि छ । योजना र वजेट पनि ठिक छ तर प्रदेश सरकारले एउटा पनि ठोस काम गर्न सकेन । पहिले हामिलाई योजनाहरु छनौट गरेर पठाउ भन्छ, तर पछि आफ्नो कार्यकर्ता को हिसाबमा योजाना वाडफाँड गर्छ । हुन त संघ र प्रदेशकै नियमावली मिल्दैन ।

हामी त झन तल्लो तहको सरकार भयौँ । हाम्रो त प्रदेशसग झन मिल्दैन । अन्य मुलुकमा पनि नेपालकै जस्तो संरचना छ । त्यहाँ राम्रो काम भएका छन । नेपालमा त प्रदेश सरकार फेल भएको छ । यसको काम झैन नभएपनि हुन्छ । पैसा मात्र कुमल्याउने, आफ्ना कार्यकर्ता मात्र पाल्ने ठोस र उदाहरणिय काम एउटा पनि गर्न सकेन ।

५) जनप्रतिनिधि र कर्मचारी विच तालेमेल नमिलेर विकासमा अवराेध भएकाे समाचार पनि वेलावेला सुनेका छाैँ, यसमा तपाईकाे नगरकाे अवस्था के हाे ?

 हामी विच त्यस्तो सम्बन्ध छैन । हामी त एकै घरका परिवार झै मिलेर काम गरेका छौ । नगरका गतिविधि प्रभाकारी ढंगले प्रवाह गरेका छौ । त्यस्तो कुनैप्रकारको पनि भेदभाव छैन ।

कुरा ठोस गरे पछि केही विवाद हुदैन नि । जालझेलमा राखेपछि त हुन्छ त  हामी जनताको सेवा मा निरन्तर कठिवद्ध छौ । नगरलाई प्रभावकारि ढंगले अगाडि वढाउछौ । नमुना योग्य नगर वनाउछौ