मोरङ खोलामा डुबेर एक जनाको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र ९, मंगलवार १४:०२
प्रकासित समय : १४:०२
काठमाडौं,मोरङमा खोलामा डुबेर एक ५५ वर्षीय व्यक्तिको मृत्यु भएको छ।
कानेपोखरी गाउँपालिका–४ स्थित राते खोलामा डुबेर बेलबारी कसेनी बस्ने ५५ वर्षीय बाबुराम पराजुलीको मृत्यु भएको हो।
निगुरो टिप्न जाने क्रममा लडेर खोलामा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।