१३ गते सचिवालय बैठक बस्ने सहमतिसहित ओली–प्रचण्ड भेटघाट सकियो

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता सकिएको छ ।

दुई अध्यक्षबीचको भेटघाटले सचिवालय बैठकको मिति तोकेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको छलफलमा सचिवालय बैठक भदौ १३ गते बस्ने सहमति जुटेको हो ।

ओली र प्रचण्डबीचको छलफलमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि पनि छलफल भएको थियो । पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले नेकपाभित्रको विवाद समाधानका लागि सुझाव प्रतिवेदन तयार गरी दुई अध्यक्षलाई बुझाएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार बिहान भएको छलफल पछि भदौ १३ गतेका लागि बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सचिवालय बैठकको एजेण्डा कार्यदलको प्रतिवेदन रहको छ ।