पेट्रोलियम पदार्थ वितरण गर्ने डिपो सिल

काठमाडौँ, देशभरि पेट्रोलियम पदार्थको वितरण गर्ने अमलेखगञ्ज डिपो सिल गरिएको छ । कर्मचारीमा कोरोनाका संक्रमण पुष्टि भएपछि डिपो सिल गरिएको निगमले जनाएको छ।

इन्धन अभाव हुन नदिन डिपो सञ्चालनका लागि काठमाडौंबाट १० जनाको टोली पठाउन लागिएको पनि निगमले जनाएको छ। अमलेखगञ्ज सहित देशभरका डिपोमा पर्याप्त इन्धन मौज्दात रहेकाले अभाव नहुने निगमको दाबी छ ।
अमलेखगञ्जमा काम गर्ने ६ र विरगन्ज कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना पुष्टि भएको निगमले जनाएको छ।

संक्रमणपछि अमलेखगञ्ज र विरगन्ज कार्यालय तीन दिनका लागि सिल गरिएको र संक्रमितको सम्पर्कमा रहेका दुवै कार्यालयका कर्मचारीको पीसीआर परीक्षण गर्ने तयारी गरिएको निगमको भनाइ छ।