चट्याङ लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर, चट्याङ लागेर बेलौरी नगरपालिका–१ वैशाखीमा एक जनाकाे ज्यान गएकाे छ । बैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको हाे ।

चट्याङ लागेर घाइते भएका उनलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएकाे छ ।

प्रहरीका  अनुसार सोही ठाउँका २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही चट्याङ लाग्दा घाइते भएका छन । घाइते दुवैको निःसर्ग अस्पतालमा उपचार भइरहेको छ । घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जना मोबाइल चलाउँदै गर्दा राति ८ बजेर २५ मिनेट जाँदा चट्याङ लागेको बताइएको छ ।