कोरोना भाइरसविरुद्धको चिनियाँ खोपले नेपालमा परीक्षण गर्ने अनुमति पायो

काठमाडौं, चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोपले नेपालमा तेस्रो चरणको परीक्षण गर्ने अनुमति पाएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रीस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई खोप परीक्षण गर्ने प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले भ्याक्सिनको पनि ट्रायल (परीक्षण) गर्ने भएको छ । मन्त्रालयमा बसेको बैठकले नेपालमा चिनियाँ भ्याक्सिनलाई परीक्षणका लागि अनुमति दिएको परिषद्का कार्यकारी प्रमुख डा। प्रदीप ज्ञवालीले बताएका छन् । चिनियाँ कम्पनीले होङ्सी शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक हजार चिनियाँ कामदारमाथि खोपको तेस्रो चरणको परीक्षण गर्न अनुमति मागेको थियो । परिषदका अनुसार उक्त परीक्षणलाई उक्त सिमेन्ट कम्पनीका कार्यरत नेपाली नागरिकलाई समावेश गराउने वा नगराउने विषय भने अहिलेसम्म टुंगो लागेको छैन ।

त्यसैगरी रुस र बेलायतको अक्सफोर्ड ग्रुपले तयार गरेका खोपको परीक्षण गर्नेबारे प्रक्रिया पनि अगाडि बढेको परिषदले जनाएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले परिषद्लाई नेपालमा अक्सफोर्ड ग्रुपसँग मिलेर काम अघि बढाउन अनुमति दिइसकेको छ । अक्सफोर्डको खोप बनाउने समूहमा नेपालमै काम गरेका एकजना चिकित्सक पनि सहभागी छन् । उनले नेपालमा यो खोप प्रभावकारी हुने बताएको परिषदका अधिकारीहरु बताउँछन् ।

चीन र रुसले तयार पारेका खोप नेपालमा प्रभावकारी हुन्छन् वा हुँदैनन् भन्ने परीक्षणपछि मात्रै देखाउनेछ । यदि चीन र रुसका नागरिकमा झैं सकारात्मक प्रभाव देखिए खुशीको कुरा हुनेछ । तेस्रो चरण पारित गरेपछि बल्ला खोप प्रयोगमा ल्याइन्छ । सबैभन्दा बढी चीनले करिब दुई दर्जन देशहरुमा खोपको तेस्रो चरणको परीक्षण गरिरहेको छ ।

नेपालमा पनि अनुमति पाएको छ । परीक्षणमा सहभागी हुन चाहने व्यक्तिलाई यसको प्रभावबारे जानकारी गराइन्छ । कसैको असहमति विना परीक्षण गर्न पाइदैन । परीक्षण निर्देशिकाअनुसार परीक्षणमा सहभागीहरुको बीमा गरिन्छ । उचारको क्रममा खतरा देखिए उपचार तथा क्षतिपूर्तीको दिनुपर्ने हुन्छ । यदि निको नहुनेगरी असर परेमा जीवनभार परीक्षण गर्नेले पाल्नुपर्ने हुन्छ । नियम कडा भएकोले परीक्षण गर्ने कम्पनीले हत्तपत्त गरिहाल्दैनन् ।