नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र ८, सोमबार १६:४३
प्रकासित समय : १६:४३
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
मृत्यु पुष्टि हुनेमा सुनसरीका एक ६८ वर्षिय पुरुष, महोत्तरीका एक ६५ वर्षिय पुरुष, पर्साकी एक ७० वर्षिया महिला, काठमाडौँकी एक ४८ वर्षिया महिला, रुपन्देहीकी एक ६७ वर्षिय महिला, ३८, ५३ र ५४ वर्षिय पुरुषहरु रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।