भक्तपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र ८, सोमबार १२:२३
प्रकासित समय : १२:२३
काठमाडौं, भक्तपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । बुटवल निवासी ५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
मिर्गौलाको बिरामी रहेका ती पुरुषलाई संक्रमण पुष्टि भएपछि डायलासिसका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको शव व्यवस्थापन भैसकेको छ ।