रुकुम पश्चिममा थपिए १८ जना कोरोना सक्रमित

सुर्खेत, रुकुम पश्चिममा थप ९ जना कोरोना संक्रमण भएकाे छ  । कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिए । यस अघि एक सरकारी कार्यालयका प्रमुख बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम गएका ती कार्यालय प्रमुखको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

साउन २८ गते प्रमुखमा कोरोना देखिएको त्यसपछि उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ९ जना कर्मचारीमा आज कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिए । कोरोना फोकल पर्सन रावलका अनुसार आज मात्र रुकुम पश्चिममा मात्रै १८ जना नयाँ संक्रमित थपिएका छन् ।

जसमध्ये १० जना सरकारकी कार्यालयका कर्मचारी, तीन जना सुरक्षाकर्मी, दुई जना भारतबाट आएका र तीन जना सानीभेरी गाउँपालिकाका वासिन्दा रहेको छन् । पछिल्लो समय रुकुममा संक्रमितको संख्या बढेपछि मुसिकोट नगरपालिकामा संक्रमित व्यवस्थापनमा समस्या भएको छ । । एकै पटक १८ जना संक्रमित थपिएपछि उनीहरुलाई अस्पतालको तालिम हलमा राखिएको छ । ६ बेडको आइसोलेसन रहेको जिल्ला अस्पतालमा ९ जना राखिएको छ ।

जिल्ला अस्पताल बाहेक अन्य ठाउँमा आइसोलेसन नभएको पनि कोरोना फोकल पर्सन रावलले बताए ।यसरी पहिलो पटक एउटै कार्यालयका ९ जनामा संक्रमण देखिएको हो । कार्यालयका अधिकांश कर्मचारीमा संक्रमण देखिएपछि ट्रेसिङमा समस्या भएको छ । ‘सेवाग्राहीको ठेगाना अझै पत्ता लगाउन सकिएको छैन । तर, ठूलो संख्याको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने आबश्यक रहेका कोरोना फोकल पर्सन रावलले बताए ।