स्थलगत अनुगमनको लागि प्रजिअ उपाध्याय सहितको टोलि विनायकमा
प्रकासित मिति : २०७७ भाद्र ७, आईतवार २३:०१
प्रकासित समय : २३:०१
अछाम, स्थलगत अनुगमनको लागि अछामका प्रमुख जिल्ला अधिकारी सहितको टोली विनायक पुगेको छ ।आईतबार प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय सहितको टोलि पञ्चदेवल विनायक नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनको स्थलगत अनुगमन गर्नको लागि विनायक पुगेको हो ।
उक्त टोलिमा अछामका प्रमुख जिल्ला अधिकारी उपाध्यायको साथमा जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी उपाध्याय र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उक्त टोलिले नगरपालिकाले भर्खरै मात्र स्थापना गरेको क्वारेन्टाइनको स्थलगत अनुगमन गर्नुको साथै नगरस्तरीय सम्पुर्ण सरोकारवालासँग महत्त्वपूर्ण छलफलका गरेको नगरपालिकाका कार्यकारी अधिकृत पदम बहादुर माझिले जानकारी दिए ।