उपत्यकामा बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न पाइने
प्रकासित मिति : २०७७ भाद्र ७, आईतवार १८:४१
प्रकासित समय : १८:४१
काठमाडौँ काठमाडौं, भक्तपुर र ललितपुरमा बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने भएको छ ।
उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले बिहान ९ः१५ बजेसम्म किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न दिने निर्णय गरेको हो ।
दिउँसो नै मानिसहरु तरकारी र खाद्यान्न किन्न भन्दै बाहिर निस्किन थालेपछि यस्तो निर्णय गरिएको स्रोतले बताएको छ ।