कर्णालीमा ४ जना कोरोना संक्रमित थपिए ,४ जना डिस्चार्ज
प्रकासित मिति : २०७७ भाद्र ७, आईतवार १७:३७
प्रकासित समय : १७:३७
सुर्खेत , कर्णाली प्रदेशमा पुन ४ जना कोरोना संक्रमित थपिएका छन ।
प्रदेश अस्पताल सुर्खेत र जुम्लामा गरिएको परिक्षणबाट आइतबार थप ४ जनामा कोरोना संक्रमन पुष्टि भएको हो । आइतबार थपिएका संक्रमित जुम्ला र सुर्खेतका दुई दुई जना रहेको जानकारी सामाजिक विकास मन्त्रालयको, स्वास्थ्य सेवा महाशाखाले जनाएको हो ।
यस्तै कर्णाली प्रदेशमा आज थप ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन ।