पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना पुष्टि, २८१ डिस्चार्ज
प्रकासित मिति : २०७७ भाद्र ७, आईतवार १६:२९
प्रकासित समय : १६:२९
काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १८ हजार ६३१पुगेको छ । पछिल्लो २४ घण्टामा थप २८१ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५८ प्रतिशत संक्रमित निको भएका छन् ।
मुलुकभर १३ हजार २५५ सक्रिय सङ्क्रमित छन् । आज नेपालमा ८ हजार २६ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ११ हजार ४१४ रहेका छन् । होम आइशोलेशनमा ३ हजार ९४३ जना रहेका छन् ।