निषेधाज्ञाको चौथो दिन यस्तो देखियो काठमाडौं (फोटो फिचर)

काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि उपत्यकामा जारी निषेधाज्ञाको चौथो दिन काठमाडौं थप सुनसान देखिएको छ ।

संक्रमणको जोखिम बढ्दै गएपछि एक हप्ताका लागि जारी भएको निषेधाज्ञाको चौथो दिन काठमाडौंका सडकहरु सुनसानप्राय देखिएका छन ।अत्यावश्यक बाहेकका सवारी साधन मात्रै सडकमा फाटफुट देखिएका छन ।

एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल बोकेका सवारी सधानलाई निर्वाध रुपमा सञ्चालनमा रहेका छन् ।दैनिक उपभोग्य वस्तु, तरकारी र औषधि पसलहरु भित्री क्षेत्रमा खुला रहेका छन । प्रशासनले विहान ७ बजेसम्म मात्रै पसल खोल्न भनेपनि कतै–कतै भने उल्लघन गरिको देखिएको छ ।