धुलिखेल स्पाइनल इञ्जुरी अस्पतालका ३५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ भाद्र ७, आईतवार १३:०८
प्रकासित समय : १३:०८
काठमाडौँ, स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैंसेपाटीमा कार्यरत कर्मचारी २३ जना र धुलिखेल अस्पतालमा कार्यरत १२ जना कर्मचारीमा गरी ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार शनिबार एकै दिन जिल्लामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । उनीहरुको सम्बन्धित अस्पतालमा नै उपचार भइरहेको डा झाले बताए ।एकै दिन यतिधेरै संख्यामा सङ्क्रमण देखिएको जिल्लामा यो पहिलो पटक हो ।
सो संख्यासहित गरी काभ्रेपलाञ्चोक जिल्लामा सङ्क्रमितको संख्या १३९ पुगेको छ । यसमध्ये ४३ जना निको भएर घर फर्किसकेका जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।