चालकमा कोरोना देखिएपछि सुदुरपश्चिमका मुख्यमन्त्री सेल्फ आईसोलेसनमा

धनगढी, चालकमा कोरोना देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ आईसोलेसनमा  बसेका छन् । चालकमा कोरोना पुष्टि भएपछि उनी सेल्फ आईसोलेसनमा बसेका हुन् ।

आइतबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि भएपछि मुख्यमन्त्री भट्ट सेल्फ आईसोलेसनमा  बसेकाे निजि सचिवालयले जानकारी दिएकाे छ ।

उनी मुख्यमन्त्री निवासको गाडी चलाउँदै आएका छन् । २३ वर्षीय उनलाई अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेनमा राखिएको मुख्यमन्त्रीका निजि सचिवालयले जानकारी दिएकाे छ । 

 मुख्यमन्त्री भट्टको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी समेत भइरहेको बताइएकाे छ । २३ वर्षीय चालक मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउँदै आएका छन् । उनी मुख्यमन्त्रीसँगै उनको परिवारसहित केही दिन अघि डोटी पुगेर फर्किएका थिए ।