बुटवलमा मलामी गएका १८ जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ भाद्र ६, शनिबार १७:०५
प्रकासित समय : १७:०५
बुटवल , बुटवल उपमहानगरपालिका–११ स्थित कालिकानगरकी एक महिलाको मृत्यु भएपछि उनको मलामी गएका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मलामीको सम्पर्कमा रहेका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कन्ट्याक्टको ट्रेसिडको आधारमा हालसम्म १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने थप ७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
साउन १७ गते कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो । उनी क्यान्सरको उपचारका लागि अस्पतालमा पुगेकी थिइन् ।