गजल

अनेक भाव छन् यहाँ मिठास प्रेम मातमा ।
बढाइ तिर्सना अझै गढी गढी यि आतमा ।।

लगाइ प्रित खास जो खुलाइ सृष्टि सृजना ।
पहाड पार नै गरौँ छ कर्म हात हातमा ।।

सुकोमली यि मञ्जरी रमाउदै सदासदा ।
हजार पुष्प पत्रले सजाउछिन् ति माथमा ।।

भरेर राख प्राण जो हटाइ दर्द बेदना ।
मसक्क मस्कि हाँस्छ जिन्दगी यि काल प्रातमा ।।

रचेर प्रेमको कथा लिएर साथ सङ्गिनी
टलक्क टल्कि राख्नु है सधै हिमाल काखमा ।।

नुवाकोट ।