लिदी पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो ,७ अझै बेपता
प्रकासित मिति : २०७७ भाद्र ६, शनिबार १३:५७
प्रकासित समय : १३:५७
सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।
आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको छ ।
अझै ७ जना बेपतानै भएको र उनिहरुको खोजिकार्य भइरहेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।