चितवनमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमन पुष्टि
प्रकासित मिति : २०७७ भाद्र ६, शनिबार ११:१०
प्रकासित समय : ११:१०
चितवन, चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।भदौ ३ गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका ७५ वर्षीय एक वृद्धको विहीबार राति उपचारकै क्रममा मृत्यु भएको थियो ।
उपचारका लागि आए लगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ ।
भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको भेरिफिकेसन परीक्षणमा समेत उनको रिपोर्ट पोजेटिभ आएको छ ।