विराटनगरमा होमआइसोलेशनमा बसीरहेका कोरोना संक्रमितको मृत्यू
प्रकासित मिति : २०७७ भाद्र ५, शुक्रबार ११:१०
प्रकासित समय : ११:१०
काठमाडौं, अस्पतालमा आइसोलेशनको अभावमा घरमै बसीरहेका विराटनगरका एक कोरोना संक्रमितको मृत्यू भएको छ ।कोरोना संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ सरोचियाका का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कामत थरका मृतक पुरुषमा कोरोनाको लक्षण देखिएपछि १ भदौमा स्वाब संकलन गरेर जाँच गर्दा ३ भदौमा पोजेटिभ रिपोर्ट आएको थियो । यो सँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
रिपोर्ट पोजेटिभ आए पनि उनी बेड अभावका कारण आइसोलेसनमा भर्ना हुन पाएका थिएनन् । घरमै रहेको अवस्थामा बिहीबार राति उनको मृत्यु भएको विराटनगर महानगरपालिका–६ का वडाध्यक्ष विजय कामतले जानकारी दिए । उनका अनुसार मृतक पुरुषमा उच्च रक्तचाप र मधुमेह रोगको समस्या थियो । उनको बिहीबार राति करिब ८ बजे घरमै मृत्यु भएको उनले पुष्टी गरे ।