सामाजिक सञ्जालमा फेक आइडी बनाएर बल्याकमेल गरेको भन्दै पत्रकार गुप्ताको भत्सर्ना

काठमाडौँ, पत्रकार सन्तोषकुमार गुप्ताले आफ्नो नाममा फेक आइडी बनाएर चरित्र हत्या गरेको भन्दै भत्सर्ना गरेका छन । उनले एक बिज्ञप्ति जारी गर्दै  सामाजिक सञ्जाल फेसबुकमा आफ्नो नाम जोडिएर बल्याकमेल गरेको भन्दै खन्डन गरेका हुन ।

 

उनले भनेका छन मेरो नाम र मेरै प्रोफाईल तस्विर प्रयोग गरी Santosh Gupta लिंकमा ‘झुट अकाउन्ट’ तयार गरेर अपरिचित व्यक्तिले विभिन्न व्यक्तिहरु संग आर्थिक लेनदेनको कुरा गरिरहेको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

मेरो चरित्रहत्या गर्ने तथा फसाउने वदनियतका साथ छद्मभेषमा गरेको यो अपराधीक कार्यको निन्दा गर्दै संलग्नलाई हदैसम्मको कानुनी कारवाहिको निम्ती सम्वन्धित पक्षसंग अनुरोध गर्दछु ।

उनले बिज्ञप्तिमा नेका छन  मैले Santosh Kumar Gupta नामको लिंक रहेको फेसवुक अकाउन्ट मात्र प्रयोग गरिरहेको र अन्य अकाउन्टहरु झुट रहेको सवैमाझ स्पस्ट पार्दै कोही पनि भ्रममा नपर्नुहुन अनुराेध गर्दछु । साथै कसैले मेरो नाममा सामाजिक सञ्जालमार्फत आर्थिक लेनदेन लगायत अन्य शंकास्पद कुराहरु गरेको खण्डमा मेरो माेबाइल नम्बर ९८४७८९८८७० मा फोन गरेर जानकारी गराईदिनुहुन अनुरोध गर्दछु। यो विषयमा कानुनी उपचारको प्रक्रियामा अगाडि वढिरहेकाले यस क्रममा सहयोगका लागि समेत सबै समक्ष अनुरोध गर्दछु।
म दाङ देउखुरीकाे राप्ती गाउँपालिकाबाट बिगत १५ बर्ष देखि निरन्तर पत्रकारिता पेसामा कृयाशिल रहँदै आएकाे छु । संधैभरि म देश र जनताकाे पक्षमा र अन्याय, अत्यचार, बिकृति, विसंगति तथा गलत कृयाकलापका बिरूद्ध अवाज उठाउँदै तथा कलम चलाउँदै आईरहेकाे यहाँहरूलाई सबैलाई सर्ववितिदै छ ।

मैले उठाएका कयाैं बिषय बस्तु र समाचारले निकै प्रभाव समेत परेकाे छ भने गलत कृयाकलाप नियन्त्रणमा आउन सहयाेग पुगेकाे छ । मैले उठाएका बिषयबस्तुले केही त्यस्ता व्यक्तिहरू संसंकित भइरहेकाे बेला मलाई फसाउन र चरित्रहत्या गर्ने उद्देश्यले याेजनाबद्ध तरिकाले यस्ताे कृयाकलाप गरिनु निकै आपत्तिजन कार्य हाे । यी यस्ता कार्यले म स्वयम् असुरक्षित रहेकाे हुँदा मेराे जीउ ज्यानकाे रक्षाका लागि सम्बन्धि सबैमा अनुराेध गर्दछु । उनले भनेका छन ्।

पत्रकार गुप्ता दाङ देउखुरी क्षेत्रका क्रियाशिल र जुझारू पत्रकार हुन ।