यसकारण तिज व्रत प्रिय स्वामीकालागि

हरेक बर्ष जस्तै आज पनि नेपाली नारीहरुको महान चाड हरितालिका तिज आएको छ । सबैले माइती सम्झी रुने र हास्ने दिन पनि आजै हो । मेरो माइती घर जन्म थलो बिरानो हुँदै गयो। जहाँ म छोटाे जामा लगाई फुरुङ-फुरुङ नाच्ने गर्थे । भोलि तिज भनेपछी गर्नु पर्ने घरका काम जम्मै आज सकिहालिन्थ्यो । हरेक तिजको दिन व्रत हुन्थ्यो यो व्रत भनेको स्वामीको आयु दिर्घायु शु-स्वास्थ्यको लागि भन्ने गरिन्थ्यो । सायद मैले तिर्थ व्रत गरेरनै पाएको स्वामी हुनुपर्छ ।

घाम पानी माटाेले आमाको स्तनधारबाट आएको जिवन सरद जस्तै सम्पुर्ण जिवनलाई शारीरिक स्वास्थ र हृर्दयको सार्गिक आनन्दताले पुर्ण गरिरहेको थियो । दिनदिनै म ठुली हुँदै गए माइती घरको आगनमा अट्न नसक्ने भए । अब मलाई नौमती बाजा बजाएर अर्काको घरमा पठाउने कुराले भित्र भित्रै पोलिरहन्थ्यो ।

केटा शहर को सबै कुरामा शु-सम्पन्न टन्न सम्पती म गाउँकी किसान कि छोरी हामी सङ सम्मती पनि तेति धेरै हुने भएन । बिहेको लागी कुरा टुंगियो म साच्चै अरु कसैको घर आफ्नो बनाउने भए । जुन मैले कल्पना पनि गरेकी थिएन । मेरो बाबा आमाले आफ्नो हरेक इच्छा आकाक्षाँहरु थाती राखी बस्ने बाँसलाई बन्धकी राखी मलाई अन्माएर शहरको शु-सम्पन्न घरमा पठाउनु भयो । भनिन्छ बिहे पछित भबिस्यको कल्पना गरिन्छ, योजना बनाइन्छ । तर मेरो जिवन यस्तो बन्दै गयो कि म बन्द कोठामा छु केही घामका किरण छरेका छन् । बत्ती अगिनै गएको छ त्यसैमा झरुला झरुला जस्तै गरि घुम्ने पंखा पनि रोकिएको छ यो तराईको गर्मीले पंखा रोकिनु भनेको जिवन रोकिनु जस्तै हो । मेरो जिवन पनि पंखा जस्तै गरी चलिरहेको छ । जिवन प्रेसर कुकरको भात भाफिएर सुस्त सुस्त चल्दै छ।

म एउटा शहर अनि ठुलो घर शु-सम्पन घर मै छु के गर्नु म यस घर को बुहारी होइन नोकर्नीलाई भन्दा बढी ब्याभार देखाइन्छ । एउटा मालिक र उसले किनेको बस्तुमा पनि अधिक माया हुन्छ । कति सहनु गाली बेज्जती र अपमान सहनशिलता एउटा महिला जब निर्दही रहन्छिन तब कसरी स्वामी र त्यो परिवार सङ बस्न सक्छिन । आफ्ना बुवा आमा आफू बसेको जन्म घर सारा छोडेर स्वामी म हजुरको घर आगन उज्यालो पार्न आएको हु तर हजुर हरुले नै मलाइ अँध्यारो पारिदिनुहुन्छ भने कसरी हजुरहरु उज्यालोमा रमाउनसक्नुहुन्छ होला । प्रिय स्वामीको कुटाईपिटाइ आक्रोशमा म बानी परिसकेकी छु ।

मन भित्र पिरहरु थुप्रि रहेका छ्न । यसै गरि धेरै बर्ष थपिदै गए मेरो जिवनमा यो देह हातले सुन्दरता र मनोरम्ताको ठुलो भब्य चित्र अङ्कित गरिरहेको छ । प्रशान्त महाँसागरमा बग्ने मन्द वायु जस्तो जसमा हलुको नुन र टाढाको कुनै दुइतको माटाे बालुवाको उष्णताले भरिएको जिवन सौरब रहन्छ बिस्तारै-बिस्तारै मेरा आँखा सानासाना हुँदै गैरहेका छन ।

मस्तिष्कका यावत चित्रहरु सुदुर क्षितिजमा बिलाएर गएका छ्न सन्ध्याको सम्मित बादल जस्तो बइलाउन थालिरहेका छ्न । आज मेरो व्रत स्वामीको खुट्टाको जल खानु पर्छ म पर्खी रहेकी छु प्रिय स्वामी लाई रातिको दश बजे घर आउनुहुन्छ म चुपचाप पुजापाठका सामान फुलपाती टिका जल लिएर डराई डराई उहाँको कोठामा पस्छु बिस्तारै डराएको आवाजमा आज हजुरको खुट्टाको जल खानु पर्ने भन्छु तर स्वामी को मुखबाट बाक्य फुर्दैन आफै बिस्तारै खुट्टा तल झार्छु जल खाएर फर्किन्छु ।

प्रिय स्वामी जुन सस्कार मैले मेरो आमाबाट सिकेकी थिए कहिले कमि गर्ने छैन र यहि सस्कार हजुरले हजुरको घरबाट सिक्नु पर्ने देखेर नि जान्नु पर्ने जान्नु भएन । यसमा मेरो के दोस । एउटा सम्बन्ध मात्र कहिले पनि ठुलो हुदैन किनकी सम्बन्ध भन्दा सम्बन्ध निभाउने वाला ठुलो हुन्छ । स्वार्थी भ्रमित, धोखेबाज र गद्दारको अगाडी लागेर संघर्षरत बिनाउनु पर्छ डरायर होइन डटेर लाग्नुपर्छ र भाग्ने होइन अन्तरसंघर्ष गर्नुपर्छ । एकदिन अवस्य सफलता हासिल गर्न सकिन्छ र सत्यको बिजय हुनेछ ।।