बबईमा बसेका सुरक्षाकर्मीको पीडा : आउछँन पावर शो गर्छन जान्छन्
सुर्खेत, बबई पुुल किनारमा चकमन्न घाम र अबिरल झरी परेमा दुबै नछेक्ने अस्थायी टहरो छ । पुलको किनारमा हतार हतार मानसिक्ताका केहि हुल मानिसहरु हुन्छन् । तिनै मान्छेहरुलाई सम्झाई बुझाई गरिरहेका भेटिन्छन् बबई अस्थायी प्रहरी पोष्टका प्रहरीहरु ।
गाडि चालकदेखि उच्च ओहदाका कर्मचारी हुदै सर्बसाधरण नागरीकसम्माको कर्कस आवज सुन्नु उनिहरुको बाध्यता बनेको छ । एकातिर कोरोना कहर अर्कोतिर दिनहु उल्झन बबई अस्थायी प्रहरी पोष्टका प्रमुख असई बर्म रोकाय गुनाशो गर्छन । मानवियता र भावनात्मक कुरालाई मध्यनजर गर्दा गर्दै कयौँ यात्रुहरु आएर पावर शो गरेको दुखेशो गर्छन उनि भन्छन् । नितिलाइ भावनामा ढाल्न सकिदैन तर मानवियताका आधारमा पिडा मनन् गर्छौँ ।
कर्णाली सरकारले बबई नकालाई कडा गर्न निर्देशन दिएको छ । उनिहरू त्यहि निर्देशनको पालन गरिरहेका छन । केहि स्वास्थ्य कर्मी र केहि हुल प्रहरीहरु, उनिहरु अप्रयाप्त भौतिक संरचना र प्रतिकुल मौसम छिचोल्दै आफ्नो डिउटी गरिरहेका छन् ।
कर्णाली प्रदेश प्रबेश मुख्य नाका बबईमा आउने केहि यात्रुहरुका कारण सुरक्षाकर्मीलाई बढि तनाब हुने गरेको पाइएको छ । केहि यात्रुले प्रबेश गर्न पावर नै शो गर्ने गरेको उनिहरूको गुनाशो छ ।
कर्णाली प्रदेश भित्रिने प्रमुख जिल्ला बाँकेमा कोरोना संक्रमणका कारण निरन्तर निषेधाज्ञा बढदै गएको र त्यसले कर्णाली पनि उच्च जोखिममा रहेको भन्दै प्रदेश सरकारले सीमा नाकामा कडाई गर्न निर्देशन गरेको थियो ।
भदौ १ गतेदेखि कर्णाली प्रदेश प्रबेशमा पिसिआर रिर्पोट अनिबार्य गरेको थियो । सोहि रिपोर्ट प्रहरी र यात्रुकालागि टाउको दुखाइ बनेको छ । अधिकाँश पिसिआर नगरेर आउँछन् । हामी यहिँ गर्छौँ । बस्ने बास र खाने गासको बिषयमा अप्ठयारो पर्छ । उनिहरूको भनाइ छ ।
सरकारको आदेश पिसिआर रिर्पोट अनिबार्य भन्ने छ । तर उनिहरु रिर्पोट नल्याएर आउने तर माथिल्लो तहका मन्त्री, सांसदहरुलाई फोन लगाएर जान खाेज्ने गरेको उनको गुनाशो छ ।
स्वास्थ्य कर्मीको गुनाशो प्रयाप्त स्रोत साधन छैन्
बबई नाकामा परिक्षणको जिम्मा पाएका स्वास्थ्य कर्मचारीले प्रयाप्त स्रोत साधन नभएको बताएका छन् । सरकारले निर्देशन गरेपनि आबश्यक स्रोत साधनमा समास्या रहेको उनिहरुको भनाई छ ।
यात्रुहरु आउछन यहिँ सबैथोक खोज्छन् बबई नाकामा स्वास्थ्य परिक्षण जिम्मा पाएका शरद लवट सामाजिक दुरीदेखि पिसिआर रिर्पोटको प्रक्रियाले निक्कै अप्ठयारो परेको बताउँछन । उनि भन्छन् । हरकोहि उच्च तहदेखि सर्बसधारले सरकारको भनेअनुसार भन्दा भने अनुसार दुरी कायम गर्दैनन् । पिसिआर रिर्पोटको लागि बिवाद गरेर जान्छन । यसकाे मारमा स्वास्थ्य कर्मी र सुरक्षाकर्मी रहेकाे बताउछन् ।
हाल बबइ नाकाबाट दिनमा ३ सय नागरिक कर्णाली प्रदेशमा जाने गरेको बताइएको छ ।
चालकको पिडा खै कहाँ गर्ने हो पिसिआर ?
बबईको पुल भन्दा केहि मिटर टाढा मालबहाक ट्रकहरूको लाइन थियो । ट्रकका ड्राइभरको गुनाशो थियो खै कहाँ गर्ने हो पिसिआर ? कस्ले गर्ने हो पिसिआर । एक्कासी पिसिआर रिपोर्ट चाहियो भनिन्छ तर कहाँ गर्ने जानकारी छैन चालक मान बहादुर घिमेरे दुखेशो गर्छन । सरकारले स्रोत साधन नजुटाएर मान्छेलाइ समास्या पार्ने काम गरेको उनको भनाइ छ । खाद्न्न समान लिएर आएका ट्रक राेकेर बस्नुकाे बिकल्प छैन उनि भन्छन् ।