बयलपाटा अस्पतालमा कार्यरत १९ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि
प्रकासित मिति : २०७७ भाद्र ५, शुक्रबार १५:४३
प्रकासित समय : १५:४३
अछाम, अछामको बयालपाटा अस्पतालका १९ जनालाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ स्वास्थ्यकर्मी कर्मचारीलाई संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।
बयालपाटा अस्पतालको विभिन्न बिभागमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ। उनिहरु मध्य ५ जना भने अस्पतालको प्रयोगशालामा कार्यरत छन्।
यसअघि अस्पतालका दुई जनामा संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक बाहेका सेवा बन्द गरिएको थियो।