पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी एक महिला र सर्लाही जिल्ला एक पुरुष रहेको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार गत भदौ २ गतेदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।

त्यस्तै साउन ३१ गतेदेखि अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार निधन भएको अस्पतालले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।