स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि साढे ७ करोड निकासा
प्रकासित मिति : २०७७ भाद्र ५, शुक्रबार १२:४४
प्रकासित समय : १२:४४
काठमाडौं, कोरोनाको उपचार, रोकथाम तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ।
मन्त्रालयले ठूला ५ वटा अस्पतालका लागि ७ करोड ५० लाख रुपैयाँ निकासा गरेको हो। कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पताल, भेरी अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पतालका लागि जोखिम भत्ता निकासा गरिएको हो । यसैगरी कर्णाली प्रदेशको चौरजहारी र दैलेख अस्पतालमा ल्याब व्यवस्थापन तथा रिएजेन्ट खरिदका लागि २० लाख रुपैयाँ निकासा गरेको छ।
कान्ति बाल अस्पताललाई १ करोड ५५ लाख ७९ हजार, राष्ट्रिय ट्रमा सेन्टरलाई १ करोड ३५ लाख ५०५, भरतपुर अस्पताललाई २ करोड ३३ लाख ६७ हजार, भेरी अस्पताललाई १ करोड ६८ लाख र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५७ लाख ४२ हजार रुपैयाँ बजेट निकासा भएको गरेको छ ।