भन्सार छलेर ल्याएको तिन लाख बराबरको सामान बरामद
प्रकासित मिति : २०७७ भाद्र ५, शुक्रबार १५:५५
प्रकासित समय : १५:५५
धनगढी, सशस्त्र प्रहरीले कैलालीमा भन्सार छलेर ल्याएको करिब ३ लाख बराबरको सामान बरामद गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली र मातहतका बिओपिबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका दुई लाख ७५ हजार बराबरको सामान बरामद गरेको हो।
कैलालीको भजनी नगरपालिका वडा नम्बर ७ हिक्मतपुर र कैलारी गाउँपालिका वडा नंम्बर ३ को भितरियाघाटबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउदै गरेको दुई लाख ७५ हजार बराबरका सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।
बरामद गरिएको सामानमा बिडी, सुर्तिजन्य पदार्थ पाष्टिकको डोरी र मोबिल रहेको र ती सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा दाखिला गरिएको छ।