सशस्त्रका ३४ जना खेलाडीलाई कोरोना पुष्टि
प्रकासित मिति : २०७७ भाद्र ५, शुक्रबार १८:१८
प्रकासित समय : १८:१८
काठमाडौं, सशस्त्र प्रहरी बल (एपीएफ) का ३४ जना खेलाडीमा कोरोना संक्रमण भएको छ ।नेपाल सरकारले सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरु काठमाडौं फर्किएर कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पोजिटिभ देखिएको एपीएफ स्रोतले जनाएको छ ।
सीमाबाट फर्केका खेलाडीलाई कीर्तिपुर र दुवाकोट मा क्वारेन्टिनमा राखिएको छ । जसमध्ये कीर्तिपरमा १८ र दुवाकोटमा १६ जनालाई पोटेभिज देखिएको हो ।
यसअघि पनि दुई जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो । अहिलेसम्म कुल ३६ जनाको रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ ।पछिल्लो पटक काठमाडौं उपकत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस्तै विभिन्न खेलका खेलाडी र प्रशिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ ।