बाँकेमा थप १६ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ भाद्र ५, शुक्रबार १७:२३
प्रकासित समय : १७:२३
नेपालगञ्ज, बाँकेमा भेरी अस्पताल नेपालगन्जका अनुसार बैंकका दुई कर्मचारी सहित नेपालगन्जका १३, कोहलपुरका १ र राप्तीसोनारीका २ जनामा कोरोना संक्रमण देखिएको हो । नेपाल बैंक लिमिटेड र साँग्रीला बैंकमा कार्यरत दुई कर्मचारीमा संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ ।
भेरीमै गरीएको परिक्षणमा बर्दियाको बाँसगढीका ६ जनामा समेत संक्रमण देखिएको अस्पतालद्धारा जारी विवरणमाल उल्लेख गरीएको छ । पछिल्लो २४ घण्टामा ३५० जनाको स्वाव परिक्षण गरीएकोमा बाँकेका १६ र बर्दिया ६ गरी कुल २२ जनामा संक्रमण देखिएको हो ।