देशभर १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा
प्रकासित मिति : २०७७ भाद्र ५, शुक्रबार १६:३७
प्रकासित समय : १६:३७
देशभर १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यी सबै बागमती प्रदेशमा छन्।
त्यसैगरी देशभर १३३ जना संक्रमित आईसीयूमा छन्। यीमध्ये प्रदेश १ मा १६ जना, २ मा ४६ जना, बागमतीमा ५२ जना, गण्डकीमा ६ जना र प्रदेश ५ मा १३ जना छन्।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने एक जना पनि आईसीयूमा छैनन्।