काठमाडौंमा थपिए १८२ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा आज (शुक्रबार) १८२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १४२ जना, ललितपुरका २५ जना र भक्तपुरका १५ जनामा संक्रमण पुष्टि भएको हो।

केही दिनयता काठमाडौंमा उपत्यकामा दैनिक सय जनाभन्दा बढी संक्रमित थपिइरहेका छन्।

हिजो बिहीबार काठमाडौंका १७४ जना, ललितपुरका १८ जना र भक्तपुरका ८ जना गरी २०० जना संक्रमित थपिएका थिए। त्यसैगरी अस्ति बुधबार काठमाडौंका १३४ जना, ललितपुरका १७ जना र भक्तपुरका ८ जनामा संक्रमण पुष्टि भएको थियो।