आज ८३८ जनामा कोरोना पुष्टि, २५० जना डिस्चार्ज
प्रकासित मिति : २०७७ भाद्र ५, शुक्रबार १६:२९
प्रकासित समय : १६:२९
काठमाडौं,पछिल्लो २४ घण्टामा नेपालमा थप ८३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ।
नेपालमा हाल १२ हजार १३२ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ५४६ जना रहेका छन् भने होम आइसोलेसनमा ३ हजार ५८६ जना छन्। आजको १३ हजार ५७९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म नेपालमा जम्मा ५ लाख ७९ हजार ८९९ जनाका पीसीआर नमुना परीक्षण गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल विभिन्न क्वारेन्टिनमा १२ हजार २३४ रहेका छन्। पछिल्लो २४ घण्टामा २५० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ छ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ।