सुर्खेतमा फेरी बढाइयो निषेधाज्ञा भाद्र ९ सम्मा जारी

सुर्खेत, कर्णाली प्रदेशको राजधानि सुर्खेतमा लगाइएको निषेधाज्ञा फेरी चार दिन बढाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना भाईरस नियन्त्रण तथा रोगथामका लागि गत भाद्र १गते देखि ५ भाद्रसम्मा तय गरेको निषेधाज्ञा पुन लम्बायर भाद्र ९ गतेसम्मा पुर्याएको छ ।कोरोनाको संक्रमन दिनप्रतिदिन बढिरहेको हुदा निषेधाज्ञा लम्बाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी गराएको छ ।

भाद्र ५ गते राति १२ बजेसम्मा गरिएको निषेधाज्ञालाई बढायर भाद्र ९ गते राति १२ बजेसम्मा कायम गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।निषेधाज्ञको समयमा अत्यावश्यकका सेवा वाहेक अन्य सम्पुर्ण सेवा बन्द रहने जनाइएको छ ।