दुई थान पेस्तोल र दश राउण्ड गोलीसहित दुईजना पक्राउ

काठमाडाैँ, दुई थान पेस्तोल र दश राउण्ड गोलीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । बुधबार प्रहरीले नुवाकोटका अमर सिंह तामाङ घले र  बिकेश पण्डितलाई  पेस्ताेल र दश राउण्ड गोलीसहित पक्राउ गरेकाे हाे । 

 प्रहरीले हातहतियारको ओसार पसार तथा कारोबार हुँदै छ भन्ने विशेष सूचनाको आधारमा अपराध महाशाखाबाट प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा खटिएको विशेष टोलीले काठमाडाैँकाे माछापोखरीबाट २ जनालाइ पक्राउ गरेकाे जनाएकाे छ  । 

नुवाकोट साविक खानिगाँउ गा.बि.स वडा नं. ३ परिवर्तित लिखु गाउपालिका वडा नं. १ घर भई बर्ष २८ को अमर सिंह तामाङ घले र  नुवाकोट शिखरबेसी- ६ बस्ने बर्ष २७ को बिकेश पण्डितलाई Made in USA लेखेको पेस्तोल २ थान, म्यागजिन २ थान सो पेस्तोलमा प्रयोग हुने गोली १० राउण्ड सहित पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । 

उनिहरुको आबश्यक अनुन्धान भैरहेको बताइएको छ ।