मजदुरको नजरमा कर्णाली : नमरिजानु नगरिखानु अबस्थामा पुगियो

 

सुन आन्सारी,

उमेरले २५ बर्षको लक्का जवान अन्सारी नेपालगन्जबाट मजदुरी गर्न कर्णाली प्रदेशको राजधानी बिरेन्दनगर पुगेका छन । दिनभर चोक गल्ली सबै चहार्छन । ठेलाको ब्यापारमा ब्यस्त उनलाई कर्णाली प्रदेश भन्ने पनि थाह छैन । सरकारको बारेमा त झन थाह हुने कुरै भएन । उनी ५ बर्षदेखि यहि ठेलामा जिन्दगी जबर्जस्त घचेटीरहेका छन । कर्णालीको राजधानीमा उनकाे जिन्दगिकाे ठेला गुडिरहेकाे छ । 

जिवनकाे ठेला दिनहुँ गुडाइरहेका अन्सारी कयौँ दिन भोकभाकै बसेको छन् । नागरिक्ता नभएका कारण लकडाउनका बेला राहतबाट बञ्चित भएको दुखेशो गर्छन ।

उनि भन्छन् के नागरिक्ता नभएकाहरु नागरीक हैनन ? उनिहरुका पेट छैनन् ? नागरीक्ता नभएकाले राहतबाट बञ्चीत भएको उनको दुखेशो छ । उनि भन्छन कर्णाली सरकार बिभेदकारी लाग्छ । कर्णाली बाहिरका नागरीकलाई गैरनागरीक  ब्यवहार  गर्ने गरेको जस्तो उनको ठम्याइ छ ।

पेट पाल्नको लागि गरेको गुजारामा पनि सबैको आँखा लागेको बताउछन् । उनि भन्छन कहिले प्रहरी कहिले ट्राफिक सबैले हप्काउछन । हुदाहुदा टोले डनहरुले पनि उनलाई नराम्ररी हेप्छन । अन्सारी भन्छन खै कहाँ छ र सरकार ? कसकाे लागि छ सरकार ? 

डोके ब्यापारी पुनको अनुभव

 कर्णाली प्रदेश स्थापना भएको पनि पाँच बर्ष बितिसकेछ । तर गरिखाने मजदुरहरुको पिडा जिउको तिउ देखिन्छ । उनिहरुलाई जानकारी पनि रहेनछ कि आज कर्णाली प्रदेश स्थापना भएको दिन हो भनेर यहि बिषयमा कुराकानिको लागि म कर्णालीका प्रदेशको राजधानी बिरेन्द्रनगरकाे बिभिन्न क्षेत्रमा पुगेको छु । उनिहरुको भनाई जस्ताको त्यस्तै
राख्ने जर्मको गरेको छुु ।

घर :रुकुम(पश्चिम)
हाल : बिरेन्द्रनगर,लाटिकोइली
बसाई : कोठाभाडामा

काेठा भाडामा बस्दै आएकी उमेरले ६० पुगेकी खिम कुमारी पुनसंग जम्का भेट भयो । हल्का हिउको छर्का जस्तै कपाल फुलेकी खिमकुमारी डोकोमा केराको भारी बोकेर हिडिरहेकी थिइन् ।

म उनी भएतिर गए । प्रशंग सुरु गरे एक्कासी धेरै कुरा सोधेको देखेर उनलाई अप्रत्यासित लाग्यो हाेला भारी राेकेरै कुरा गर्ने मुडमा पुगिन् । मैले आफनो परिचय दिए । त्यसपछि उनले आफ्नो बेलिबिस्तार लगाउन सुरु गरिन ।

डोकोको भारी नजकिै पेटीमा अडयाउदै भलाकुसारी सुरु भयो ।

आज कर्णाली प्रदेश स्थापना भएको दिन ।

कर्णालीबासीले आफ्नो अधिकारको ग्यारेन्टी गरेको दिन । मैले सोही प्रश्न तेर्साए । प्रदेशको स्थापना भएको दिन के छ आमा केहि जाकारी छ ?

– होर बाबु मलाइ त थाहा नै थिएन ?

बरू तिमिले सम्झाइदियौ

के छ र त्यस्ताे बिशेष हामीलाइ ?  उनकाे प्रश्न तेर्सियाे ।

के थाहा बाबु म नपढेकोे मान्छेलाई लामो सास फेर्दै कुरा गर्न थालिन….

म त एउटा डोकोमा तरकारी बोकेर परिवार पाल्ने बुढि मान्छे घरघर चहार्दै चाहार्दै दिन बित्छ । अनि साँझ पख घर गएर  छोरालाई खाना पकाएर खुवाउछु । सुत्छु  बिहानै फेरि यसरी नै जाेहाे गर्न थाल्छु बा के थाह हुनु हामीलाइ ? 

अनि कसरी थाहा हुन्छ यि सब कुरा ? प्रश्न उल्टो गरिन । बाबु श्रीमानले पनि हामि सबैलाई छोडेर भगवानको घर जानु भो बच्चाबच्ची पाल्नुपर्छ । कसरी पाल्ने भन्ने चिन्तामै दिनहरु डोकोमै बित्छन ।

लकडाउले साह्रै सतायो बाबु । घरभाडा पनि नतिरेको धेरै भयो । घरभेटिले भाडा मागेको मागैछन । कसरी तिरु भन्दै बरबर आँखाबाट आसु  झार्न सुर गरिन । भाबुक स्वरमा उनकाे पिडाकाे स्वरले मलाइ पनि भावुक बनायाे  ।

बाबु सरकार छ र ? खै भएकाे भए हामी जस्ता दुखि पिडितलाइ केहि हेर्थ्याे हाेला नि । 

सरकारले केहि हेरेन हामि दुखिलाई के हेर्थेर धनि मानिको लागि बनेको सरकार न हाे जति बर्ष भएपनि के सराेकार भयाे र । 

आठ बर्षभो डोको बोक्न छुटेन के परिबर्तन भोर बाबु हामी दुखिलाइ ।

सरकारले केहि हेरेन बरु लकडाउन गरेर थप पिडा थपिदयो मेरो थाप्लोमा त लकडाउन खोल्दे हुने थियो बरु मरे पनि मरुला भोगले मर्नु भन्दा त रोगले मर्नु नै जाति उनको यो भावमा समग्र गरिखानेको बर्गको चित्र थियो ।

त्यस्तै ….

पिडा सुनाउछन कोहलपुरका राजु रिजाल पनि बिगत पाँच छ बर्षदेखि पेन्टिङको काम गर्दै आएका रिजाल यसो भन्छन कर्णाली प्रदेशको स्थापना दिवस थाहा भएन आज रहेछ है के थाहा सर हामि मजदुरलाई अलि अलि पेन्टिङ गरेर परिवार पाल्थे त्यो पनि लकडाउनले खाइदियो । राहत पनि पाएनौ हाम्रा लागि न सरकार न प्रदेश गार्हो छ ।

लकडाउनले चार पाँच महिना काम हुन दिएन बल्ल चार पाँच दिन भो काम गर्न थालेको फेरी थपिदियो लकडाउन कसरी पाल्ने परिवार उराठ लाग्छ जिन्दगि कोरोना देखि डर त लाग्छ तर बच्चाबच्ची ,श्रीमति त पाल्नुपर्यो सर मर्न रहर कसलाई पो हुन्छ र ? अरु सरकारले केहि नगरेपनि ंहामि मजदुरलाई अरु कर्मचारी सरह काम गराई रोजगार गराए अत्यन्तै खुशि हुने थियौ । यति गुनासो सुनाएर उनि आफ्नो कामतिर लागे ।

मपनि उनिहरुको गुनाशो बोकेर बाटो तताँए….

त्यस्तै बाटोमा सरकार र सरकारको जिम्मेबारीपनको बिषयमा कुरा खेलाउँदै हिडिरहेको थिएँ । बर्दियाका दुई चौधरी दाजुभाई भेटिए ।  बर्दिया स्थायी घर भएका द्धय चौधरी मजबुरी गरी जिविका पार्जन गर्छन । दिनहुँ उनिहरु पसिनाको आहलमा हुन्छन । उनिहरुलाई कसैको आर्दश सुन्नु छैन । कर्णाली पञ्देश स्थापनाको अबस्रमा हामीले सोधेको कुरामा उनीहरुको भनाई थियो । देशमा संघियता आयो भन्छन ।

तर संघियताले दिएको उपहार के हो थाह छैन । स्वत्नत्र रुपमा काम गरिखान समेत मुश्लिल परेको यो अबस्थामा कर्णाली सरकारले जनहितमा कुनैकाम गरेको जस्तो लाग्दैन । दिनभर काम गरेको पैसोले भरे चामल किनेर खानुपर्छ । लकडाउनले झनै समास्या बनाएको छ ।  म हिडदै एउटा मेडिकल हाउसमा पुग्छु । मलाई मास्क किन्नु छ । मास्कको जोहो गर्न पुगेको म थोरै मेडिकलको कर्मचारीसंग गफिन्छु ।

सिर्नजी र्फामेसी बिरेन्द्रनगर गोदामलाइन । हासिलो स्वभावका गहुगोरो बर्णका एकजना युवा बसिरहेका थिए । आज कर्णाली प्रदेश स्थापना भएको दिन के छ हजुरको प्रतिक्रिया अनौपचारीक प्रश्न सोझाए संभवत यो परिबेशमा सबैभन्दा राम्रो भएको ब्यवसाय मेडिशन क्षेत्र हो । उनले मजदुहरु भन्दा केहि जानकारी भएको सरी भटयाए । तर कर्णाली सरकारको कामप्रति भने असन्तुष्टी नै जनाए ।

सारतः सबैको एउटै भाव छ । कर्णाली प्रदेश समृद्ध कर्णाली प्रदेशको बाटोमा हिडेन । नारा र आर्दशमा समृद्ध कर्णाली सुखारी कर्णालीबासी भनेपनि बास्तविक्तामा भने भद्रगोल कर्णाली अस्तब्यस्त कर्णाली भएको ठहर छ । यसतर्फ जिम्मेबार निकायहर चिन्तीत हुन जरुरत छ ।