रौतहटमा हनुमान मन्दिरका पूजारीको गोली हानी हत्या
प्रकासित मिति : २०७७ भाद्र ४, बिहीबार ०८:४७
प्रकासित समय : ०८:४७
रौतहट,रौतहटमा मन्दिरका एक जना पूजारीको गोली हानेर हत्या गरिएको छ । माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी ६५ वर्षका श्रीराम साहको हत्या भएको प्रहरीले जनाएको छ ।
हिजो बेलुकी खाना खाइरहेको बेला नचिनेको मान्छेको समूहले कञ्चटमा गोली हानेर पुजारीको हत्या गरेका इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
महतोका अनुसार प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।