१७ जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि

काठमाडौं , महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप १७ जनामा प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

घरबिदामा रहेको र घरबाट आएपछि क्वारेन्टिनमा बसेका प्रहरीमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । योसँगै ट्राफिक महाशाखामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।

दुई दिनअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।