बिहिबार थपिए ७०७ कोरोना संक्रमित , २६४ जना डिस्चार्ज
काठमाडौं , नोभेल कोरोना भाइरसका ७०७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७०७ संक्रमित थपिएका हुन् ।
जसमा १९२ महिला र ५१५ पुरुष रहेका छन् । मंगलबार हालसम्मकै एकदिनमा सर्वाधिक एक हजार १६ कोरोना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २६४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ९६४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६१ प्रतिशत रहेको छ ।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ८३२ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख हजार जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार ८३ जना र होम आइसोलेसनमा ३ हजार ७७२ रहेका छन् । आजसम्म देशभर ११ हजार ७६८ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लाहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् । संखुवासभा, मनाङ, मुस्ताङ र हुम्लामा संक्रमण शून्य देखिन्छ ।
हालसम्म ६ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् । उनीहरु सबै वागमती प्रदेशका हुन् ।
शनिबार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ४६८ कोरोना संक्रमित थपिएका थिए । त्यसैगरी १२४ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर गरिएको १२ हजार ३४७ पीसीआर परीक्षणमा ६४१ मा कोरोना पोजेटिभ देखिएको हो । आइतबार १३४ जना अस्पतालबाट डिस्चार्ज भएका थिए ।