दैलेखमा आजदेखि ७ गतेसम्म निषेधाज्ञा

दैलेख , कर्णाली प्रदेशमा कोरोना भाइरसको केन्द्र बनेको दैलेखमा प्रशासनले निषेधाज्ञा जारी गरीएको छ। बिहीबार दिउँसो २ बजेदेखि लागु हुने गरी भदौ ७ गते राति १२ बजे सम्म जिल्लामा निषेधाज्ञा गरीएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ।

प्रशासनले हालसम्म जिल्लामा कोराना भाइरसका ९ सय ७२ जनामा देखिएको जनाएको छ। तीनजनाको ज्यान गइसकेकाले सजगता अपनाउँदै संक्रमणको विस्तारलाई रोक्न जिल्लाभर निषेधाज्ञा गरिएको जनाएको छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लामा निषेधाज्ञा गरी जिल्ला प्रबेश गर्ने सम्पूर्ण नाकामा रोक लगाइएको छ। निषेधाज्ञाको उल्लंघन गरेमा प्रचलित कानुन अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।