दार्चुला जाँदै गरेको हाइस बैतडीमा पल्टियो

बैतडी,महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरैको हाइस बैतडीमा पल्टिएको छ । दशरथचन्द राजमार्ग अन्तरगत जिल्लाको पाटन नगरपालिका–६, लामाखेतमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्।

महेन्द्रनगरबाट दार्चुला जानेक्रममा बा ३ ख ९११७ नम्वरको हाइस बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए।घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताउदै प्रहरी निरीक्षक किसन चन्दले उनीहरूलाई थप उपचारका लागि धनगढी पठाइएको बताए।

गम्भीर घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका ३५ वर्षीय शेरबहादुर सावद र दार्चुलाको शैल्यसिखर नगरपालिका ९ की २५ वर्षीया विसस्ना जोशी रहेको चन्दले बताए ।समान्य घाइते रहेका नौ जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमाम उपचार भैरहेको छ उनले भने- ‘दुर्घटनाको कारण भने खुलेको छैन्, चालकलाई नियन्त्रणमा लिएको छौ।’