चितवनमा कोरोनाबाट एक जनाको मृत्यु

चितवन, चितवनमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ। रत्ननगर नगरपालिकाका ६५ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

उनी एक सातादेखि भरतपुर अस्पतालमा उपचाररत थिए। उनमा अन्य दीर्घरोगहरु पनि रहेको उनले जानकारी दिए। यो सँगै चितवनमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनका ३ जना र १ जना कैलालीका छन्।